बाँके। बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ।
गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर ग्राभेल र दुई किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्र सडक पनि स्तरोन्नति गरिएको छ।

पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट पूर्वाधार निर्माणमा लगानी गरेको हो। गत आवमा पूर्वाधार विकासमा रु चार करोड ८४ लाख १४ हजार ४७० खर्च भएको थियो।
सडक निर्माणसँगै विद्यालय तथा स्वास्थ्य संस्थाका छ वटा भवन, पुल, कल्भर्ट, सिँचाइ संरचना, तटबन्ध पनि निर्माण भएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।