झापा।झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको एक घर तथा गोदाममा भीषण आगलागी भएको छ। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयवासी परिचालित भएका छन्।
सिद्धार्थ होटल र धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्थानजिकै भएको आगलागीको कारण खुल्न सकेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगलागीबाट थप क्षति हुन नदिन गोदाममा रहेका सामान सुरक्षित स्थानमा सार्ने काम समेत भइरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।