विज्ञापन
समाज

प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो।

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरेकी छन्।

विज्ञापन

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।