विज्ञापन
समाज

पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास सुरु

काठमाडौं। अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ। शुक्रबार र शनिबार परेको भारी वर्षाले राजमार्गका विभिन्न स्थानमा पहिरो खसालेपछि शनिबार बिहानैदेखि यातायात सेवा ठप्प भएको थियो।

प्रहरीका अनुसार आइतबार बिहानदेखि काभ्रेको रोसी गाउँपालिका-७ गिम्दीबेँसीमा डोजरको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। वर्षा रोकिएसँगै सडक सफा गर्ने कार्य अघि बढाइएको हो।

यसैबीच बाढी र पहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ को पान्दु र टार्कुचे क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। मकवानपुर जोड्ने सो सडक खण्डमा पनि पहिरो पन्छाउने तयारी भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।