विज्ञापन
समाज

पर्यटन बोर्डले गर्‍यो ‘टिकटक’सँग सहकार्य, ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।

नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन्।

विज्ञापन

ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ।

युएई र ट्युनिसियाका तीन जना पोखरा र अन्य काठमाडौँमा सामग्री उत्पादन गरिरहेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिए।

नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसमुदायसमक्ष प्रस्तुत गरिने छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।