ब्रेकिङ न्युज
विज्ञापन
शिक्षा

परीक्षामा पास गराइदिने भन्दै नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया नाबालिका छात्रामाथि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका-५ मा बस्दै आएका ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारी रहेका छन्।

प्रहरीका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका भण्डारीले नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै ललाईफकाई संवेदनशील अंगमा छुने र चिमोट्ने गरेको आरोप छ।

विज्ञापन

त्यसैगरी उनले फेसबुक मेसेन्जरमार्फत नाबालिकालाई अश्लील फोटो, भिडियो तथा म्यासेज पठाउने र यौनजन्य क्रियाकलाप गरी पटक-पटक बाल यौन दुरुपयोग गरेको प्रहरीको भनाइ छ।

प्रहरीले आरोपित शिक्षक भण्डारीलाई बुधबार पक्राउ गरेको हो। उनलाई रामेछाप जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।