काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा आफ्नै विद्वान्लाई बेवास्ता गर्ने र बाहिरबाट आउने व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको भन्दै कटाक्ष गरे।
पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवताहरूको जन्म रोकिएपछि नक्कली भगवान् जन्मिन थालेको टिप्पणी गरे। ‘पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ,’ ओलीले भने।

उनले दक्षिणतिरबाट आउने जोगीलाई विशेष सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। आफ्नै ज्ञान र दर्शनको पहिचान गर्न नसक्ने तर विदेशीका पुस्तक र भनाइलाई बढी महत्त्व दिने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।