विज्ञापन
राजनीति

देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। उनले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताका कारण अवस्था जटिल बन्दै गएको बताएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्रालाई सङ्कटका मुख्य कारकका रूपमा औंल्याएका छन्।

डा. भट्टराईले प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले पनि देशको अवस्था थप चुनौतीपूर्ण बनाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको सङ्केत गर्छ!’

विज्ञापन

देशले अब कुनै पनि बहानामा थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै उनले सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले थपे, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन! सबै आ आफ्नो क्षेत्रबाट गम्भीर बनौँ! सक्छौँ, सकारात्मक योगदान गरौँ! सक्दैनौँ, नकारात्मक काम नगरौँ!’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।