विज्ञापन
समाज

देशभरबाट १० लाखसहित २८ जुवाडे पक्राउ

प्रहरीले देशका चार जिल्लाका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ।

काठमाडौं, बाँके, भक्तपुर र चितवनबाट उनीहरूको साथबाट कुल १० लाख ७ हजार रुपैयाँभन्दा बढी नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका ४९ वर्षीय सुनिल श्रेष्ठसहित ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँको टोलीले उनीहरूबाट नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र ९ बुक तास बरामद गरेको हो।

विज्ञापन

यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ बाइपासस्थित ४७ वर्षीय देवबहादुर चन्दको घरबाट ७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शनिबार दिउँसो चन्दसहित उनीहरूलाई १ लाख ७७ हजार ६०० रुपैयाँ नगद र १० बुक ताससहित नियन्त्रणमा लिएको छ।

उता भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित टहराबाट ६ जना जुवाडेलाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई गुण्डु बस्ने ४२ वर्षीय वाङगेल लामाको टहरामा जुवा खेलिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट गुण्डुको टोलीले शनिबार राति लामासहित ६ जनालाई ७२ हजार ७५० रुपैयाँ नगद र १ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी, चितवनको खैरहनी नगरपालिका-१० जीवनपुर चोकमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिश पाठकसहित ६ जनालाई शनिबार साँझ ७२ हजार ३०० रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।