काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा आइतबार राति रेस्टुरेन्टमा पुगेको प्रहरी टोलीले जुवाको खालबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी रहेका छन्।

त्यस्तै काठमाडौं-२ का ३७ वर्षीय गणेश मान श्रेष्ठ र बुढानीलकण्ठ नगरपालिका-१२ का ३१ वर्षीय सोनाम शेर्पा पनि पक्राउ परेका छन्।
यसैगरी, ललितपुर महानगरपालिका-२५ का २२ वर्षीय अनिल लामिछाने, संखुवासभाको सभापोखरी गाउँपालिका-६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ का २१ वर्षीय महेन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैमाथि प्रहरी वृत्त मालीगाउँले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।