विज्ञापन
राजनीति

देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ। प्रा. डा. शशांक कोइराला संयोजक रहेको समितिले आइतबार मल्ललाई अध्यक्षमा मनोनयन गरेको पत्र दिएको हो।

मल्ललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघको अध्यक्षमा मनोनयन गरिएको पत्रमा उल्लेख छ।

कोइराला संयोजक रहेको देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मल्ललाई अध्यक्षको जिम्मेवारी दिएको हो। नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला भ्रातृ संस्थाको नेतृत्वसमेत चयन गरेको छ।

विज्ञापन

कात्तिक १२ गतेको मितिमा जारी पत्रमा मल्लले अध्यक्षका रूपमा नेपाली कांग्रेसका स्थापित मूल्य र मान्यतालाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले हस्ताक्षर गरेको पत्रमा मल्ललाई अध्यक्षमा मनोनयन गरिएको जानकारी दिँदै धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ।

कांग्रेसभित्र सभापति गगन थापा नेतृत्वको समूह र देउवा पक्षबीच १५औँ महाधिवेशनको प्रक्रिया तथा नेतृत्वको वैधानिकतालाई लिएर विवाद चलिरहेका बेला देउवा पक्षले नेविसंघको नेतृत्व चयन गरेको हो।

यसअघि देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा छुट्टै १५औँ महाधिवेशन तयारी समिति गठन गरी संगठनात्मक गतिविधि अघि बढाएको थियो। सोही समितिले विभिन्न तहमा महाधिवेशन तयारीका लागि जिम्मेवारी बाँडफाँट गर्दै आएको छ।

मल्लको मनोनयनसँगै कांग्रेसभित्रको आन्तरिक विवादको प्रभाव भ्रातृ संस्थाको नेतृत्व चयनमा समेत देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।