विज्ञापन
कला तथा मनोरञ्जन

दसैँमा कुन चलचित्रमा ओइरिए दर्शक ? कसको कमाइ कति ?

यस वर्षको दसैँ बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘आ बाट आमा २’ ले बक्स अफिसमा सबैभन्दा बढी कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असोज ३० गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ व्यापारमा अगाडि देखिएको हो।

दसैँको अवसरमा असोज ३० गते शुक्रबार चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ र विराज भट्टको निर्देशनमा तयार भएको ‘१२ गाउँ २’ एकैदिन प्रदर्शनमा आएका थिए। त्यसको भोलिपल्ट असोज ३१ गते शनिबार दीपक–दीपाको निर्माण तथा दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएको थियो।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ८ गतेसम्मको विवरणअनुसार ‘आ बाट आमा २’ ले चार करोड ११ लाख रुपैयाँ कमाएको छ। गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेलका रूपमा बनेको यस चलचित्रका एक लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन्।

विज्ञापन

त्यस्तै, ‘छ माया छपक्कै २’ ले उक्त अवधिमा दुई करोड ७६ लाख रुपैयाँ कमाएको छ। चलचित्रका ८२ हजार ७५९ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।

यसैगरी, विराज भट्टको निर्देशन तथा अभिनय रहेको ‘१२ गाउँ २’ ले कात्तिक ८ गतेसम्म एक करोड ८३ लाख रुपैयाँको व्यापार गरेको छ। यस चलचित्रका ५७ हजार ९८३ टिकट बिक्री भएका छन्। बक्स अफिसको सार्वजनिक विवरणअनुसार कमाइका हिसाबले यो चलचित्र अन्य दुईको तुलनामा पछाडि छ।

यसैबीच, दसैँ बिदाकै अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को बक्स अफिस विवरण भने आगामी सोमबार सार्वजनिक गरिनेछ। त्यसपछि दसैँमा प्रदर्शनमा आएका चलचित्रको व्यापारिक प्रतिस्पर्धाको थप तस्बिर स्पष्ट हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।