विज्ञापन
समाज

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत

त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभिन्न ९ वटा शीर्षकमा ७ सय ७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो।

विज्ञापन

बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संचरना, कार्यप्रणाली, आचारंसहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखीकरण गर्ने, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारीहरू, क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्वन्धी दक्षता अभिवृद्धि गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।

जनशक्ति विकास तथा कल्याण परिषद्को अध्यक्षता गर्दै त्रि.विका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहले त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई थप दक्ष र प्रभावकारी संस्थागत उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन्।

साथै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विषयमा स्रोत र साधनको कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्रिवि समन्वय महाशाखाका प्रमुख एवं जनशक्ति विकास तथा कल्याण परिषद्का सदस्य सचिव दिपक तिवारीले ‘दक्ष जनशक्ति, सक्षम कार्यालय, गुणस्तरीय सेवा प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय’ भन्ने मूल भावका साथ शिक्षक तथा कर्मचारीको समयानुकूल वृत्ति विकास, उपलब्ध स्रोतसाधनको अधिकतमक सदुपयोग र उत्पादनशीलता बढाउन वर्षैभरि सुशासन र कार्यालय व्यवस्थापनसँग सम्बन्धी विभिन्न ९ वटा विषयवस्तुमा आधारित तालिम, वर्कशप र गोष्ठी सञ्चालन गरिने जानकारी गराएका थिए।

बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरू, क्याम्पस प्रमुखहरू एवं महाशाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।