अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब १०ः३० बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
विज्ञापन

अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्थापन तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।