विज्ञापन
कला तथा मनोरञ्जन

जलसमाधि

मध्याह्न थियो। औषधिजन्य गन्धले भरिएको साँघुरो कोठामा श्रीमतीको खोकी र घडीको टिकटिक मात्र सुनिन्थ्यो। ओछ्यानमा थलिएकी श्रीमतीले झ्यालबाहिर हेर्दै भनिन्, “अब म धेरै दिनकी पाहुना होइन।”

हतास श्रीमान् कुर्सीमा टोलाउँदै थिए। औषधिको खर्च, ऋण र दिनदिनै घट्दै गएको आशाले उनलाई भित्रैदेखि खोक्रो बनाइसकेको थियो।

अचानक श्रीमतीले भनिन्, “हामी नदीमा गएर जलसमाधि लिऊँ। कम्तीमा यो दुःख त सकिन्छ।”

विज्ञापन

श्रीमान् झस्किए।

“आत्महत्या समस्याको समाधान होइन नि।”

“त्यसो भए समाधान के हो?” श्रीमतीको स्वर चर्कियो, “तिमीले देखेको छैनौ, म हरेक दिन कसरी मर्दै छु?”

त्यस प्रश्नले कोठाको मौनता चिरियो। दुवैबीच आरोप–प्रत्यारोपको आँधी चल्यो। केहीबेरपछि श्रीमान् उठे, श्रीमतीको हात समाते र भने, “ठीक छ, आजै नदी जाऔं।”

श्रीमतीको आँखामा अनौठो शान्ति झल्कियो। केही घण्टापछि नदीकिनारमा दुवै उभिए। पानी गर्जिरहेको थियो। श्रीमानले एकपटक आकाशतिर हेरे र श्रीमतीको हात अझ कस्सेर समाते।

अचानक श्रीमती चिप्लिइन्।

“बचाऊ!” उनको चित्कार आयो।

श्रीमान् उनलाई तान्न दौडिए।

उनी अचानक बिउँझिए, श्रीमती भर्खरै निदाएकी थिइन्।

“हत्तेरी केके सोचेंछु ” श्रीमान् खुम्चिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।