विज्ञापन
राजनीति

गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा र्‍यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन् ।

उनले नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

विज्ञापन

‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने ।

थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।