ब्रेकिङ न्युज
विज्ञापन
समाज

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालीका १ गगने खोलामा लेदोसहितको ठूलो पहिरो खस्दा सुर्खेत–जुम्ला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बिहानैदेखि गगने खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।

विज्ञापन

पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले आज बिहानबाट सडकमा पहिरो झरेको बताए।

उनले कर्णाली राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।