इन्द्रसरोवर गाउँपालिका-२ देवलटारस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा आइतबार दिउँसो हाइस गाडी दुर्घटना हुँदा खोलामा खसेको छ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ ख ६०३५ नम्बरको हाइस बिग्रिएर रोकिएको अवस्थामा दिउँसो करिब २ बजेर २० मिनेटमा पछाडि गुडेर सडकबाट अन्दाजी २ मिटर तल खोलामा खसेको हो।
दुर्घटना हुँदा गाडीमा कोही पनि सवार नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट हाइस गाडीमा भने क्षति पुगेको छ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेत, मकवानपुरबाट ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार गाडीका चालक सर्लाहीको बरहथवा नगरपालिका-२ बस्ने करिब ४४ वर्षीय लवहरी थापाले मादक पदार्थ सेवन नगरेको र सवारीका कागजपत्र ठीक रहेको पाइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।