दाङ।दाङको कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।
आज दिउँसो घोराही–१५ कटुवा खोलामा डुबेर बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो। उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक डा. केसीले जानकारी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।