विज्ञापन
अन्तर्राष्ट्रिय

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ।

फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो।

सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उहाँले दाबी गरे।

विज्ञापन

संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ।

संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताए।

भेनेजुएला सरकारले यस विषयमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन।

सन् २०१६ मा कोलम्बियाली सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा रहेको छ।

उक्त सम्झौतामा क्रान्तिकारी सशस्त्र बल (फार्क–एफएआरसी) ले हस्ताक्षर गरेको थियो।

कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ। उक्त सीमावर्ती क्षेत्रमा अन्य विद्रोही समूहहरू पनि सक्रिय छन्।

शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले कोकिन तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न एकअर्कासँग सङ्घर्ष गर्दै आएका छन्।

लामो समयदेखि कोलम्बियाली सरकारले वामपन्थी शासन रहेको भेनेजुएलाले कोलम्बियाली विद्रोही समूहलाई आश्रय दिँदै आएको आरोप लगाउँदै आएको थियो।

यद्यपि, राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि भेनेजुएला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नजिकको निगरानी र प्रभावमा रहेको छ।

अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार तथा अन्य प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिने प्रयास गरिरहेको छ।

सैन्य मामिलाकी जानकार मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार अपुरे राज्यका स्थानीय बासिन्दाले शुक्रबारको सैन्य कारबाहीबारे जानकारी दिएका थिए।

उनीहरूले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन्।एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।