आगामी सोमबारदेखि टर्कीमा सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालका तर्फबाट कम्तीमा पाँच मन्त्री सहभागी हुने भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा १८ सदस्यीय औपचारिक प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुने तय भएको छ। प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सांसदलगायत रहनेछन्।
दुई सातासम्म सञ्चालन हुने सम्मेलनमा औपचारिक प्रतिनिधिमण्डलभन्दा बाहिर रहेर पनि अन्य मन्त्रीहरू सहभागी हुने भएका छन्। सम्मेलनका क्रममा आयोजना हुने विभिन्न कार्यक्रममा अर्थमन्त्री, शिक्षामन्त्री, कानुनमन्त्री र स्वास्थ्यमन्त्री पनि टर्की पुग्ने जनाइएको छ।

यससँगै कोप–३१ मा नेपालका तर्फबाट कम्तीमा पाँच मन्त्रीको सहभागिता हुने देखिएको छ।
औपचारिक प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्र, सहसचिव महेश्वर ढकाल र उपसचिव दीपा ओली सहभागी हुनेछन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।