विज्ञापन
राजनीति

वडाध्यक्ष बन्ने इच्छुक छैनन् रास्वपाका नेता, सबैलाई मेयर र ठूला पद चाहियो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तामा ठूला पदको आकांक्षा बढेको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वडाध्यक्ष बन्नसमेत इच्छुक नदेखिएको र सबैको आकांक्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।

‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन्। एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन्। अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ,’ उनले व्यंग्य गरे।

विज्ञापन

लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गर्दै जनताले दिएको १८२ सिटको अभिमतलाई शक्तिको दम्भ देखाउन नभई सेवा गर्न प्रयोग गर्नुपर्ने बताए।

उनले पार्टीका नेता तथा कार्यकर्ताले प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिन नहुने भन्दै विगतमा आफूहरूमाथि भएको प्रतिशोधको बदला अहिले राज्य संयन्त्र दुरुपयोग गरेर लिन खोज्नु गलत हुने बताए।

‘हामी ठूलो पार्टी भयौँ, हाम्रै हातमा प्रहरी छन्, सीडीओ छन् र सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने।

समाजले पार्टीका गतिविधि र व्यवहारको मूल्यांकन गरिरहेको भन्दै आलोचना गर्नेहरूमाथि जाइलाग्नु राजनीतिक चरित्र नभएको उनको भनाइ थियो। पार्टीभित्र अवसरका लागि हानाहान हुने प्रवृत्ति रोक्नुपर्ने उल्लेख गर्दै उनले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ विधि अपनाइएको र प्रक्रिया पारदर्शी बनाइने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।