विज्ञापन
खेलकुद

एनपीएलः जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएको थियो। काठमाडौंले भने आज प्रतियोगितामा पहिलो खेल खेल्दैछ।

दोस्रो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित विराटनगर पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ।

विज्ञापन

यसअघि बुधबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।