विज्ञापन
खेलकुद

एनपिएलमा आज दुई खेल, विराटनगर र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुनेछन्।

मध्यान्ह १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ५ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।

सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।

विज्ञापन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि सात विकेटको जित निकालेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको साबिक विजेता लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएको थियो।

प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।