काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दा मात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन्।
पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

कार्यक्रम महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।