विज्ञापन
राजनीति

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे।

सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने गरेको उल्लेख गर्दै उनले सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गरे।

विज्ञापन

शर्माले मुलुकका वास्तविक समस्या र राष्ट्रिय प्राथमिकतालाई बेवास्ता गरेर सरकार आईजीपी हटाउने विषयमा केन्द्रित भएको आरोप लगाए। भोटेकोशी विपत्तिको पीडा र आगामी कोप–३१ सम्मेलनको तयारी जस्ता विषय सरकारको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ थियो।

उनले वर्तमान सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताए। विगत ७५ वर्षको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न नपाएको उल्लेख गर्दै उनले वर्तमान प्रधानमन्त्रीले भने पूरा कार्यकाल सरकार चलाउन पाउनु पर्ने धारणा राखे। कांग्रेस सरकार ढाल्ने वा सत्तामा पुग्नेभन्दा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न केन्द्रित रहेको शर्माले स्पष्ट पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।