विज्ञापन
राजनीति

आईजीपी कार्कीलाई हटाइएको होइन, जिम्मेवारी हेरफेर गरिएको हो : प्रवक्ता पोखरेल

काठमाडौं।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरिएको बताएका छन्।

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीबाट संवेदनशील विषयमा सरकारले निर्णय लिन निर्देशन आएपछि कार्कीको जिम्मेवारी परिवर्तन गरिएको जानकारी दिए।

पोखरेलका अनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो। प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी परामर्श दिने जिम्मेवारी पनि संवेदनशील भएकाले उनलाई नयाँ जिम्मेवारी दिइएको उनले बताए।

विज्ञापन

सरकारले कार्कीलाई कारबाही नगरेको दाबी गर्दै पोखरेलले यो जिम्मेवारी हेरफेर मात्रै भएको स्पष्ट पारे। मन्त्रिपरिषद् बैठकले कार्कीको स्थानमा एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।