विज्ञापन
विविध

अलपत्र निर्माण ठेक्का तोड्ने मन्त्री लम्सालको घोषणा

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले सडक विभागअन्तर्गतका रुग्ण ठेक्काहरूमा काम नगर्ने निर्माण व्यवसायीसँगको खरिद सम्झौता प्रचलित कानुनबमोजिम तुरुन्त खारेज गर्न निर्देशन दिएका हुन्।

नागरिकस्तरबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले यस्तो निर्णय लिएको हो। मन्त्री लम्सालले विभागलाई ठेक्काहरूको नियमित अनुगमन गरी अद्यावधिक विवरण तयार पार्न र सम्झौता तोडिएपछि नयाँ बोलपत्र आह्वानका लागि बजेट सुनिश्चिततासहित आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

यसैबीच मन्त्रालयले सडक निर्माणको प्रविधिमा पनि नीतिगत परिवर्तन गर्ने भएको छ। ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्धनसम्बन्धी निर्देशिका, २०८३’ बमोजिम अब कालोपत्रे सडकलाई प्रतिस्थापन गर्दै सिमेन्ट कंक्रिट सडक निर्माणलाई प्राथमिकता दिइनेछ। यसका लागि डिजाइन परिमार्जन गर्न सडक विभागलाई निर्देशन दिइएको छ। साथै, ‘डिजाइन एन्ड बिल्ड’ मोडलका पुल निर्माणमा निर्माण व्यवसायीको आकर्षण बढाउन विद्यमान मापदण्ड संशोधन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।