कला तथा मनोरञ्जन

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान-२०८३’ बाट सम्मानित भएका छन्।

सोलुखुम्बुको नेचा सल्यानमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार कट्टेललाई रू ८८४८ नगद, सम्मानपत्र, मेडल र दोसल्लासहित सम्मान गरिएकाे हाे।

सोलुखुम्बु इनिसियटिभले नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत उनलाई सम्मान गरेकाे हाे।

विज्ञापन

संस्थाले एक साहित्यिक कोषको व्यवस्था गरी राष्ट्रिय रूपमा ख्यातिप्राप्त साहित्यकारलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्ने गरेको छ।

गत साल डा. रेणुका थापालाई यो सम्मान अर्पण गरिएको थियो भने यस वर्षका लागि कवि हरि कट्टेल र हाल युके प्रवासमा रहेका डा. मुलीवीर राईलाई विभूषित गरिएको छ।

दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभासद बुद्धिकुमार राजभण्डारीले सम्मानपत्र, नगद र दोसल्लाले सम्मान गरेका थिए।

विशिष्ट अतिथि नेचा सल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई समेत रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बास्तोलाले गरेका थिए।

साहित्यकार कट्टेल कविता र समालोचनाकाे क्षेत्रमा लाेकप्रिय छन्। हाल विराटनगरमा बसोबास गर्ने उनी सोलुखुम्बुमा नै जन्मिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।