भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर नयाँदिल्लीस्थित होटल ताज महल पुगेका छन्।
सोमबार साँझ जयशंकर प्रधानमन्त्री शाह बसेको होटलमा पुगेका हुन्। उनीहरूबीच भेटवार्ता हुन लागेको हो।
प्रधानमन्त्री शाह सोमबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भ्रमणका लागि भारत पुगेका शाह होटल ताज महलमा बसेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।