काठमाडौँ — सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका आज सार्वजनिक गरेको हो।
भारत र श्रीलङ्कामा २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा नेपाललाई समूह ‘C’ मा राखिएको छ। नेपालले खेल्ने सबै म्याच भारतको मुम्बईमा हुने तय भएको छ। समूह ‘C’ मा नेपालको साथमा वेस्ट इण्डिज, इङ्ल्याण्ड, बंगलादेश र इटली समावेश छन्। वेस्ट इण्डिज र इङ्ल्याण्ड दुवैले यो प्रतियोगिताको उपाधि दुई–दुई पटक जितिसकेका छन्।
क्रिकेट सङ्घ नेपाल (CAN) का अनुसार नेपालले आफ्नो पहिलो खेल २०२६ फेब्रुअरी ८ मा इङ्ल्याण्डविरुद्ध मुम्बईमा खेल्नेछ। सोही दिन दोस्रो खेल इटलीसँग हुनेछ। तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इण्डिज र चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुने कार्यक्रम छ।
CAN ले नेपालका सबै खेल भारतमै राखिदिन आईसीसीसँग अनुरोध गरेको थियो। CAN का अध्यक्ष चतुर्भद्र चन्दका अनुसार सो प्रस्तावलाई आईसीसीले स्वीकार गरेको छ र नेपालका सबै खेल भारतमै निर्धारण गरिएको हो।






------------ प्रतिक्रिया दिनुहोस् ------------