तालिबानको आदेश–नागरिकलाई दुस्ख नदेउ, उनीहरुको रक्षा गर

 कोरखबर   ३२ सावन, २०७८



साउन ३२, काठमाण्डौ । विद्रोही समूह तालिबानका प्रवक्ताले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् ।

अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दुसख नदिन र उनीहरुको रक्षा  गर्न आदेश दिएका हुन् । उनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न पनि भनेका छन् । यस्तै उनले नागरिकको सम्पत्ति र सामानमा नोक्सानी नगर्न पनि भनेका छन् ।

अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि तालिबानले आफूले महिलाको अधिकार कुण्ठित नगर्ने र उनीहरुको सम्मान गर्ने पनि बताएको थियो ।

तर, यसबीचमा महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको तथा कुटपिट गरेको खबर भने आइरहेका बीबीसीले जनाएको छ । यसैबीच, अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि समन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिनु भएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post