हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रीले १२ घण्टा पौडी खेलेर ज्यान जोगाए

 कोरखबर   ७ पौष, २०७८



पुष ७, एन्टानानारिभो। हेलिकोप्टर दुर्घटनामा परेका एक मन्त्रीले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् । पूर्वअफ्रिकी मुलुक मदागस्कर सरकारका रक्षा एवम प्रहरी मन्त्री सर्ज गेलेले १२ घण्टासम्म पौडी खेलेर ज्यान जोगाएका हुन् ।

मन्त्री गेलेसहित अन्य तीन सुरक्षा अधिकारीको टोली चढेको हेलिकोप्टर सोमबार उत्तर पूर्वी कोस्ट क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त स्थलबाट मन्त्री गेले १२ घण्टासम्म निरन्तर पौडी खेल्दै जमिनसम्म आइपुगेका थिए ।

अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा यात्रुबाहक डुङ्गा दुर्घटनामा परेकाहरुको उद्धार र अवलोकनका लागि मन्त्रिसहितको टोली घटनास्थलतर्फ जाँदै थियो ।सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। सोमबार भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा ३९ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा परेका अन्य तीन सुरक्षा अधिकारीले समेत ज्यान जोगाउन सफल भएको अधिकारीहरुले बताएका छन् ।  दुर्घटनाबाट ज्यान जोगाएका मन्त्री गेलेले ट्विटरमार्फत भनेका छन्, ‘मेरो काल अझै आइपुगेको छैन । राष्ट्रको हितका लागि भएपनि मैले अझै धेरै बाँच्नु छ ।’ यद्यपि, दुर्घटनापछि उनी सामान्य घाइते भएको बताइएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post