सिरियामा अमेरिकी सेनाको हमला, १३ जनाको मृत्यु

 कोरखबर   २० माघ, २०७८



माघ २०, दमास्कस । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जना मारिएका छन् ।

जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो ।

एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले  जनाएको छ ।

अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post