गुडिरहेको बसमा आगो लाग्यो, ४५ जनाको मृत्यु !

 कोरखबर   ७ मंसिर, २०७८



मंसिर ७, काठमाडौं । बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बोस्नेक गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ ।​

बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।

बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ। आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुको भनाइ छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post