इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु !

 कोरखबर   ८ मंसिर, २०७८



मंसिर ८, काठमाडौं । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ ।  आक्रमण देशको मध्य भागका स्थानहरूलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन् । सिरियाको हवाई सैन्य बलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले समाचार समितिले जनाएको छ ।

सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरू गरेको छ ।  सरकारी स्थानहरु साथै इरान समर्थित सेनाहरु र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरुलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ।

इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्च प्याड’ बन्न नदिने बताउँदै आएको छ । –एएफपी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post