जर्मनीमा कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित !

 कोरखबर   २६ कार्तिक, २०७८



कात्तिक २६, बीबीसी । जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो ।

अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् ।

खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post