काबुल विस्फोटमा मर्नेको सङ्ख्या ९० पुग्यो, फेरि हमला हुनसक्ने चेतावनी

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, एजेन्सी । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ । एक अफगनी जनस्वास्थ्य अधिकारीले बताएको भन्दै उक्त अपडेट बीबीसीले लेखेको छ ।

काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबा। दुईवटा बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको मृत्यु भएको बताइएको छ ।

सो घटनामा घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानीमध्ये कम्तीमा २८ जना तालिबानका सदस्य रहेको एक तालिबानी अधिकारीले बताएका छन् ।

उक्त विस्फोट इस्लामिक स्टेट ९आइए०ले गराएको हुनसक्ने बताइएको छ । अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएसँगै यस्तो आक्रमण हुनसक्ने विश्लेषण गरिएको थियो । अझ पनि थप हमलाहरु हुनसक्ने बताइएको छ ।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् । इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएको बिबिसीमा उल्लेख छ ।

अगस्ट १५ तारिखमा तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । अहिलेसम्म काबुलबाट १ लादभन्दा बढी मानिसलाई अन्यत्रै लगिएको छ ।

अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनुअघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् । हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।

अमेरिकी फौजले अफगानिस्ता छाड्न चाहनेहरुको उद्धारमा तीव्रता दिएको छ । तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले फगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन् । बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post