लिबियामा डुंगा दुर्घटना : एकको मृत्यु, १६ बेपत्ता

 कोरखबर   ९ भदौ, २०७८



भाद्र ९, एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । लिबियामा गत महिना मात्रै दुइवटा डुंगा दुर्घटना हुँदा ८० जना आप्राबासीहरुको ज्यान गएको थियो ।

यसैगरी गत अप्रीलमा भएको डुगा दुर्घटनामा १ सय ३० जनाको मृत्यु भएको थियो । एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post