अफगानिस्तान उडेको युक्रेनी विमानको अपहरण

 कोरखबर   ८ भदौ, २०७८



भदौ ८, काठमाडौं । आफ्ना नागरिकलाई फिर्ता गर्न अफगानिस्तान उडेको एक युक्रेनी विमान अपहरणमा परेको छ।

विमान अज्ञात समूहले अपहरण गरेर इरानतर्फ डाइभर्ट गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  सो विमान अफगानिस्तानमा अलपत्र परेका आफ्ना नागरिकलाई लिन काबुल पुगेको थियो। विमानलाई शनिबार नियन्त्रणमा लिइएको र मंगलबार इरान पुर्याइएको जनाइएको छ।

‘गत शनिबार हाम्रो विमानलाई अज्ञात व्यक्तिले नियन्त्रणमा लिएका थिए। मंगलबार विमान चोरेर युक्रेनीको सट्टा अज्ञात यात्रु बोकेर इरान पठाइएको थियो। युक्रेनी नागरिक विमानस्थलमा जान नसकेकोले काबुलबाट हाम्रा नागरिक फर्काउने तेस्रो प्रयत्न पनि विफल भएको छ,’  युक्रेनका उप–विदेशमन्त्री येभेग्नी यनिनलाई उदृत गर्दै रसियाली समाचार संस्था तासले जनाएको छ।

विमानलाई कसले नियन्त्रणमा लिएको हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post