युएईको शरणमा पुगे अफगानिस्तानी राष्ट्रपति घानी

 कोरखबर   ३ भदौ, २०७८



भदौ ३, एजेन्सी । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि देश छाडेका राष्ट्रपति अशरफ घानी संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी राष्ट्रपति घानी आफ्नो देशमा परिवारसहित आएको र मानवियताका आधारमा शरण दिएको स्पष्ट पारेको हो । गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा घानी देश छाडेर हिडेका थिए।

घानीको देश छाड्ने कदमलाई अमेरिकाले भने चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको ठम्याईं थियो ।

ताजिकिस्तानमा रहेका अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए तर घानीले भने आफुले देश छाड्दा मुलुकको कुनै सम्पत्ति लिएर नगएको र आफुलाई लगाइएको आरोप निराधार रहेको जानकारी गराउँदै आफ्नो देश र जनतामाथि विश्वासघात गर्न नसक्ने बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post