सरकारले लकडाउन अझ कडा बनाउने तयारी गरेको छ। बिश्वस्वाथ्य संगठन WHO ले लकडाउन खुकुलो बनाएका मुलुकहरुमा कोरोना भाईरस तीब्र रुपमा फैलिदै गैरहेको बताए संगै नेपालमा लकडाउन थप कडा बनाउन लागिएको हो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता कुनै पनि खेल गतिविधि नगर्न भनेको छ। विश्वमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन खेल गतिविधि नगर्ने निर्णय गरेको हो।
जापानी मिडफिल्डर केसुके होन्डाले ब्राजिलियन क्लब बोटाफोगोका लागि डेब्यु खेलमा नै गोल गरेपछि विश्व फुटबलमा दुर्लभ कीर्तिमान रचेका छन् ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट स्थगित भएको छ।
कोरोना भाईरस महामारीका रूपमा फैलिएको तेस्रो राष्ट्र स्पेन र आफ्नो होम राष्ट्र अर्जेन्टिनालाई कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले आर्थिक सहयोग प्रदान गरेका छन् ।