कोरोना संक्रमणको प्रभाव : आइपीएल क्रिकेट पनि स्थगित

 कोरखबर   २५ चैत, २०७६



नयाँ दिल्ली– कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट स्थगित भएको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको जनाएको छ। आईपीएल आगामी मार्च २९ तारिखदेखि सुरु हुने पूर्व निर्धारित तालिका थियो।

कोरोनाको जोखिम कम गर्न प्रतियोगिता स्थगित गर्नु परेको भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसिसिआई) ले जनाएको छ। बीसिसिआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएल व्यवस्थापन टोलीसँग छलफल गरि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन्।

कोरोनाबाट बच्ने ‘सावधानीको उपाय’का रुपमा आईपीएल स्थगन गरिएको बीसिसिआईले जनाएको छ। कोरोना संक्रमण विश्वभर फैलिएपछि युरोप र अमेरिकामा पनि धेरै प्रतियोगिताहरु स्थगित भएका छन्। नेपालमा पनि खेलकुद गतिविधीहरु नगर्न राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिइसकेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post