जबर्जस्ती करणी आरोपमा खोटाङमा एक जना पक्राउ

 कोरखबर   ४ माघ, २०७८



माघ ४, खोटाङ । खोटाङमा जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई सोमबार राति पक्राउ परेका हुन् ।

स्थानीय ४० वर्षीय महिलालाई गत पुस ३ गते जबर्जस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

पक्राउपछि आरोपित राईमाथि अनुसन्धान सुरु गरिएको साहले बताए । पछिल्लो समय बलात्कार प्रयास तथा जबर्जस्ती करणी आरोपमा प्रहरी समक्ष उजुरीको दिनेको संख्या बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post