संसद बैठक दिउँसो १ बजे , यस्ता छन् कार्यसूची !

 कोरखबर   २५ भदौ, २०७८



भदौ २५, काठमाडौं । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको ९औं अधिवेसनको दोस्रो बैठक बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार शुक्रबारको बैठकका आर्थिक अध्यादेश  पेशसहित २९ वटा सम्भावित कार्यसूची रहेका छन् ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले ‘आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । उनले यसअघि संसदमा प्रस्तुत गरेको ‘मुलुकको आर्थिक अवस्थाको यथार्थ पत्र’ मा प्रतिस्थापन विधेयक मार्फत अध्यादेशबाट प्रस्तुत गरिएको बजेटलाई प्रतिस्थापन गरिने बताएका थिए।

यसैगरी दुई वटा शोक प्रस्ताव पारित हुने जनाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post