कोरोना विरुद्ध लड्न मेस्सिको १३ करोड सहयोग

    २४ चैत, २०७६



कोरोना भाईरस महामारीका रूपमा फैलिएको तेस्रो राष्ट्र स्पेन र आफ्नो होम राष्ट्र अर्जेन्टिनालाई कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले आर्थिक सहयोग प्रदान गरेका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनास्थित सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ मिलियन युरो सुटुक्क सहयोग गरेका छ्न । उनले सो सहयोगको बारेमा आफ्नो कुनै आधिकारिक सोसल साईडमा केही बोलेका छैनन । 

जसमा मेस्सीले प्रदान गरको सहयोग रकम बार्सिलोनामा रहेको ‘हस्पिटल क्लिनिक’ र अर्जेन्टिनास्थित उनको गृह नगर रोजारियोमा रहेको हस्पिटलले आधा–आधा रकम खर्च गर्नेछन् ।

बार्सिलोनास्थित हस्पिटलले आफ्नो सामाजिक सन्जालमार्फत् मेस्सीले सहयोग गरेको पुष्टि गरेपनी मेस्सिले कति रकम सहयोग गरे खुलाएको छैन । तर स्पेनिस पत्रीका मार्काले मेस्सिले वान मिलियन युरो अथवा नेपाली रुपैया करिब १३ करोड २० लाख प्रदान गरेका छ्न । उसले लेखेको छ– ‘लियो मेस्सीले कोरोना भाइरसविरुद्ध लड्न अनुदान गरेका छन् । तपाईंको प्रतिबद्धता र सहयोगप्रति धेरै–धेरै धन्यवाद, लियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post