कोरोनाको त्रासमा राखेपः एक हप्तालाई सबै खेल गतिविधि बन्द गर्ने निर्णय

 कोरखबर   २५ चैत, २०७६



काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता कुनै पनि खेल गतिविधि नगर्न भनेको छ। विश्वमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन खेल गतिविधि नगर्ने निर्णय गरेको हो।

‘कोरोना भाइरस अधिकांश राष्ट्रमा फैलन गएकोमा अहिले सचेतना अपनाइरहेको अवस्थालाई नियाल्दै खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काल एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ’ राखेपले उल्लेख गरेको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र पछि अवस्था हेरेर बाँकी निर्णय गर्ने निर्णय गरेको हो।

यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारी, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आग्रह गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post