घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने !

 कोरखबर   १ सावन, २०७९



साउन १, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । 

हिमालयन क्यापिटलले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँगको संयुक्त सहकार्यमा नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्ट इन्डस्ट्रीसँग ७९.४३ लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न लागेको हो । 

कम्पनीहरुले आईपीओ निष्कासन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको छ । सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशी र घोराही सिमेन्ट इन्डस्ट्रीका तर्फबाट सञ्चालक आदित्य संघाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

वि.सं. २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरि व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्री हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post