कात्तिक १२, काठमाडौं । हिमालयन रिइन्सुरेन्सले यसअघि स्थगित गरेको पहिलो वार्षिक साधारण सभा अब कात्तिक २६ गते बोलाएको छ ।
सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ । यसअघि कात्तिक १२ गते आह्वान गरिएको सभा स्थगित गरिएको थियो । सोही सभा अब कात्तिक २६ गते हुन लागेको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
प्रबन्धपत्र तया नियमावली संसोधन गर्ने प्रस्ताव पनि छ । हिमालयन रिइन्सुरेन्स औपचारिकरुपमा सञ्चालनमा आउनै बाँकी छ । सुरुमै आइपीओ जारी गर्ने प्रस्ताव गरिएको हो ।