हाथवेले आईपीओ ल्याउने, प्रतिकित्ता ५० रुपैयाँ !

 कोरखबर   २२ कार्तिक, २०७८



कात्तिक २२, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सस्तो दरमा आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ । कम्पनीले ५० रुपैयाँका दरले सर्वसाधारणलाई साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने जनाएको हो । 

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । आईपीओ निष्कासन तथा बिक्री वितरणका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त पनि गरिसकेको  छ । 

सामान्यतया प्रतिकित्ता सय रुपैयाँका दरले कम्पनीहरूले आफ्नो शेयर सर्वसाधारणहरूलाई बिक्री वितरण गर्दै आए पनि हाथवेले भने ५० रुपैयाँकै दरमा आईपीओ निष्कासन गर्ने भएको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post